काठमाडौं : स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत माघ २९ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको गत फागुन १३ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।