स्वाभिमान लघुवित्त (SMFBS) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो। यसरी लघुवित्तले नगद र बोनस गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।